मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्सेको सीइओमा चुडामणि चापागाईं नियुक्त


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०८१
  • 294
    SHARES

काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा चुडामणि चापागाई नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईलाई नेप्सेको सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरेको थियो । तर, उनको विरुद्ध उजुरी र विरोध भएपछि सरकारले चापागाई नियुक्त गरेको हो ।

झापाका चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरेका छन् ।

कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)