मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रर्वद्धन गर्ने समझदारी


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १९, २०८१
  • 239
    SHARES

काठमाडौँ –    नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासङ्घ(एफटीआई) बिच दुई देशबिच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबिचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितिमा बुधवार थाइल्यान्डको बैंककमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गर्नुभयो ।

लगानी तथा व्यापार प्रबद्र्धनसँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययनरअनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदानप्रदानलगायतमा सहकार्य गर्ने दुई संस्थाबिच समझदारी भएको हो ।

विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याडको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघका अध्यक्ष अग्रवालले गर्नुभयो।

लगानी प्रवर्द्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरूमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उहााले बताउनुभयो ।

परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठुला मुलुकका बिच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले विदेशी लगानीकर्तालाई लगानीका लागि परिसंघले आह्वान गर्दै आएको छ । दुई संस्थाबिच भएको समझदारी पत्र हस्ताक्षर समारोहमा थाइल्यान्ड भ्रमणमा रहनुभएका नेपाली प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)