मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सामान्य अंकले घट्यो नेप्से


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०८१
  • 313
    SHARES

काठमाडौं –  साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब १० अंक बढेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक घटेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.६० अंकले घटेर २ हजार ६ सय ६७ दशमलव ६८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २१ स्क्रिपको ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको १ करोड १३ लाख कित्ता शेयर किनबेच भएको छ ।

विहीबार शेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज १ सय १३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३१ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर छ ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन अन्य उपसमूहको परिसूचक ०.९० प्रतिशत घटेको छ।

आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको २९ करोड २२ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

यस दिन दुई  कम्पनीको शेयर सकारात्मक सर्किट लागेकाे छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लागेकाे  हो। नेपाल माइक्रो इन्स्योरेन्स गत मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो भने क्रेष्ट माइक्रो लाइफ आजदेखि कारोबारमा आएको कम्पनी हो।

त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)