मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचक २६ अङ्कले बढ्यो


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०८२
  • 41
    SHARES

काठमाडौँ, ४ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ ।

आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको अन्तिम कारोबार दिन आज बजारसँगै कारोबार रकम पनि बढेको हो । आज एक सय ८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ । अघिल्लो दिन रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको थियो । आज व्यापार शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका परिसूचक बढेका छन् ।

आजको कारोबारमा नेपाल माइक्रो इन्सोरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआएसी एसिया डिवेन्चरको सेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)