बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चेम्बर र आइएमएफका प्रतिनिधीबीच नेपालको आर्थिक अवस्थाबारे छलफल


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २३, २०८२
  • 309
    SHARES

काठमाडौं –  नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधीबीच नेपालको बर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाई, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यवसायिक वातावरण, कोभिड पछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा केन्द्रीत भएर छलफल भएको हो ।

आईएमएफका प्रतिनिधीसंग चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको वर्तमान समस्यालाई सम्वोधन गर्नेगरी आगामी आर्थिक बर्षको बजेट आएकाले निजी क्षेत्रमा आशा पलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र निजी क्षेत्रले दिएका सुझावका आधारमा नै आगामी अर्थिक बर्षको बजेट ल्याएको छ । बजेट समग्रमा सन्तुलित छ । कार्यान्वयनको पाटो प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छौं, । ’

६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी ल्याईएको बजेटको लक्ष्य पुरा गर्नका लागि सोही अनुसारको सहजीकरण हुनेगरी मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो ।

कोभिड १९ पछि अंगिकार गरिएका संकुचित नीतिहरुका कारण निजी क्षेत्रले धेरै ठूलो क्षति बेहोर्नुपरेको र वर्तमान आर्थिक शिथिलताको कारण पनि सोही नीतिहरु न्ै रहेको अध्यक्ष अग्रवालले बताउनुभयो । मुलुकको अर्थतन्त्र केही दवावमा रहेपनि आगामी बजेटको प्रभावकारी कार्यन्वयन हुन सके अधिकांश समस्या सम्वोधन हुनेमा आफुहरु विश्वस्त रहेको अध्यक्ष अग्रवालले बताउनुभयो ।

नेपालमा प्रचुर सम्भावना भएको भन्दै अध्यक्ष अग्रवालले, उपयुक्त आर्थिक नीतिहरु अंगिकार गरिए उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने अध्यक्ष अग्रवालले बताउनुभयो । आइएमएफ मिसन चिफ डा. सर्वात जाहान नेतृत्वको प्रतिनिधी मण्डललले चेम्बर पदाधिकारीहरुसंगको भेटमा नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका समस्या, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)