बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टेक एन्ड पे नीतिप्रति इप्पानको असन्तुष्टि


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २३, २०८२
  • 228
    SHARES

काठमाडौँ-  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले टेक एण्ड पे नीतिमा विद्युत् खरिद सम्झौता गर्दा लगानी जोखिममा पर्ने उल्लेख गर्दै असन्तुष्टि जनाएको छ ।

आज काठमाडौँमा  आयोजित पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता गर्दा जलविद्युत् आयोजनाको रु ६६ अर्ब २२ करोड लगानी जोखिममा पर्ने दाबी गर्नुभयो । उहाँले उक्त समस्यालाई ठूलो समस्या ल्याउने बताउनुभयो ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक बजेटमा टेक एण्ड पे नीति उल्लेख छ । अध्यक्ष कार्कीले सरकारको उक्त नीतिले निजी लगानीकर्तालाई समस्या पार्ने उल्लेख गर्दै नीति सच्याउन माग गर्नुभयो ।

सरकारले आगामी आवका लागि विनियोजित बजेटमा रन अफ दि रिभर ९आरओआर० आयोजनाको हकमा टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता ९पीपीए० गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणा गरेको थियो ।

अध्यक्ष कार्कीले भन्नुभयो, “पहिले निजी क्षेत्रलाई लगानी गर्न उत्साहित गर्दै ऊर्जा क्षेत्रमा लगानी गर भन्ने र तर अहिले आएर उत्पादन गरिएको विद्युत् खरिद गर्दैनौ भन्ने काम सरकारबाट भएको छ”, उहाँले भन्नुभयो, “उक्त नीतिले निजी क्षेत्र अप्ठ्यारोमा परेको छ उक्त नीतिले निजी क्षेत्रलाई जलविद्युत् क्षेत्रबाट पन्छ्याउन खोजेको छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)