बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दिगो भविष्यको लागि इएसजी अपरिहार्य : महासंघ अध्यक्ष ढकाल


  • माउन्टेन खबर
  • शुक्रबार, असार ६, २०८२
  • 200
    SHARES

 काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले सो धारणा राख्नु भएको हो ।

सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले इएसजी अब ट्रेन्डमात्र नभई व्यवसायको दिगो भविष्य तर्फको अनिवार्य बाटो भएको बताउनु् भयो । उहाँले नेपालजस्ता उदीयमान अर्थतन्त्रका लागि यो नयाँ अवसरको ढोका खोल्ने माध्यम भएको समेत बताउनु भयो । “वर्तमान समयमा इएसजी मापदण्डप्रतिको सचेततना महत्वपूर्ण बन्दै गएको छ । इएसजी जोखिम व्यवस्थापनका लगि अपरिहार्य छ । नेपालमा सुरु भएको यो परियोजनाले नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पार्न सहयोग पुर्‍याउनेछ । ” उहाँले भन्नुभयो ।

महासंघले हालसम्म छुट्टाछुट्टै ढंगले वातावरणीय स्थायित्व, सामाजिक पहल तथा सुशासनको क्षेत्रमा काम गरिरहेको भए पनि अब यो ढाँचामार्फत् ती सबै पहलहरूलाई एकीकृत गर्ने दिशामा अगाडि बढ्ने योजना बनाएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकले अपनाएको पर्यावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन निर्देशिकालाई पनि महासंघले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै अध्यक्ष ढकालले ३० भन्दा बढी कानूनमा सरकारले गरेको संशोधनले स्वदेशी तथा विदेशी लगानी पवद्र्धन हुने अपेक्षा गरिएको बताउनु भयो ।

कार्यशालामा सहभागीलाई सर्भेक्षण मार्फत इएसजी सम्बन्धी आवश्यक तालिम र क्षमता विकासका कार्यक्रमहरू पहिचान गरिने जानकारी दिइएको थियो । महासंघले यस लगत्तै कोशी प्रदेशमा पनि इएसजी कार्यशाला आयोजना भएको छ ।

सरोकारवालाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहेको कार्यशालामा वातावरण, समाज र सुशासन सम्बन्धी विषयहरूलाई समग्र रूपमा एकीकृत गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)