मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दरबार हाई स्कुलका शिक्षक र विद्यार्थीलाई आकस्मिक प्राथमिक उपचार तालिम


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ५, २०८२
  • 224
    SHARES

काठमाडौँ, ४ मङ्सिर । नेपालकै सबैभन्दा पुरानो विद्यालय दरबार हाई स्कुलका शिक्षक र विद्यार्थीलाई आकस्मिक प्राथमिक उपचार तालिम प्रदान गरिएको छ ।

दक्षिण एशियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा नेपाल)ले बुधबार दरबार हाई स्कुलमा अध्यापनरत शिक्षक र विद्यार्थीलाई आकस्मिक प्राथमिक उपचारसम्बन्धी तालिम प्रदान गरेको हो ।

कार्यक्रममा हाप्सा नेपालका संस्थापक अध्यक्ष एवम् आकस्मिक सेवा विशेषज्ञ डा रामु खरेलले स्वास्थ्यसेवाको पहुँच नभएका नेपालका दुर्गम क्षेत्रका जनतालाई आकस्मिक प्राथमिक उपचारबाट कसरी बचाउन सकिन्छ भन्नेबारे विगत १२ वर्षदेखि हाप्सा नेपालले काम गरिरहेको बताउनुभयो ।

डा खरेलले हाल नेपालको हुम्ला, अछाम, गुल्मी, काठमाडौँ, भक्तपुर, ललितपुरलगायतका १५ जिल्लामा हाप्सा नेपालले काम गर्दै आएको उल्लेख गर्नुभयो । डा खरेलले कक्षा १० सम्मको पाठ्यक्रममा नै सीपीआर तालिम सम्बन्धी पठन पाठन हुनुपर्ने भन्दै सीपीआरलाई पाठ्यक्रममा राख्न हाप्सा नेपालले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ज्ञापन पत्र बुझाएको बताउनुभयो ।

आकस्मिक सेवा विशेषज्ञ डा कमल थापाले विभिन्न कारणले बन्द भएको मुटुलाई कसरी पुनः सञ्चालन गर्न सकिन्छ भन्नेबारे सिपिआर तालिम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

यसबाहेक हाप्सा नेपालले आजै खानेकुरा एक्कासी स्वासनलीमा अड्किएमा के गर्ने, दुर्घटना चोटपटक लागेमा के गर्ने, विष सेवन गरेमा कस्तो उपचार गराउने लगायतका तालिम शिक्षकलाई प्रदान गरिएको डा थापाले बताउनुभयो ।

“सीपीआर तालिम विद्यालयतहदेखि नै आवश्यक छ, हामीले पहिलो पटक विद्यालयमा तालिम सुरु गरेका छौँ, विद्यालयतहदेखि नै सीपीआर सम्बन्धी ज्ञान दिन मुटु सम्बन्धी विभिन्न कारणले बेहोस भएका व्यक्तिलाई तत्काल बचाउन सकिन्छ,”– डा थापाले भन्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले समुदाय क्षेत्रमा सिपिआर र ट्रमा तालिमको आवश्यक रहेको बताउँदै नगर प्रहरीलाई पनि उक्त तालिम प्रदान गरिने बताउनुभयो ।

अछामको बयलपाटा अस्पतालका चिकित्सक डा मनदीप पाठकले नेपालमा सार्वजनिक स्थानहरूमा यस्ता तालिम प्राप्त व्यक्ति आवश्यकता भएको बताउनुभयो । दरबार हाइस्कूलकी प्राचार्य शारदा पौडेलले विद्यालयमा देखिने स्वास्थ्य समस्यामा प्राथमिक उपचार कसरी दिने भन्नेबारे यस्ता तालिमले आफूहरुलाई ज्ञान मिलेको बताउनुभयो ।

कार्यक्रममा हाप्सा नेपालले आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको मोबाइल एप सार्वजनिक गरेको थियो । यसबाट आपत्कालीन चोटपटक लाग्दा कसरी हेरचाह गर्ने भन्ने जानकारी दिने जनाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)