बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिलिटर १५ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०८२
  • 144
    SHARES

काठमाडौं –  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार (आज) राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ ।

निगमले मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ ।

oil-1774452641.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)