बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०८३
  • 27
    SHARES

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा अधिकतम उपयोग गर्न आग्रह गर्नुभएको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति निर्माण र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो।

 

प्रधानमन्त्री शाहले भन्नुभयो, “तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”

उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकता दिन सुझाव दिनुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि आफ्नो प्राविधिक ज्ञान र दक्षतामा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो।

प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘असाधारण’ व्यक्तिका रूपमा उल्लेख गर्दै त्यस्ता व्यक्तिले नयाँ उपाय र विचार ल्याएर त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो। नयाँ सोच र प्रभावकारी काममा केन्द्रित हुन सके पाँच वर्षमै मुलुकमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने उहाँको धारणा थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)