सोमवार, भदौ २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २९, २०८२
  • 520
    SHARES

काठमाडौं–चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर सर्बसाधारणका लागि -आइपिओ) निस्कासन गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न पहिलो साधारणसभाले आइपिओ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ छ ।

कम्पनीको साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसै गरी साधारणसभाले ६ जना संचालक निर्बिरोध चयन गरेको छ । निर्वाचनबाट निर्विरोध निर्वाचित हुने संचालकहरुमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ रहेका छन् । साधारणसभाले अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।

होल्डिङ कम्पनीका रुपमा रहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसार्नलगायतका कम्पनीमा लगानी गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)