आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘Innovate for Impact’ नारासहित स्पार्कईईसी १.० सफलतापूर्वक सम्पन्न


  • माउन्टेन खबर
  • सोमवार, साउन ४, २०८३
  • 283
    SHARES

काठमाडौँ — ललितपुर महानगरपालिका–२, सानेपास्थित एभरेस्ट इन्जिनियरिङ कलेजले आयोजना गरेको आन्तरिक ह्याकाथन ‘स्पार्कईईसी १.०’ (SparkEEC 1.0) ‘Innovate for Impact’ नारासहित सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो चरणमा आइडिया दर्ता गरिएको थियो। त्यसपछि सहभागी टोलीहरूले आइडिया पिचिङ गरेका थिए, जहाँ ४० दर्ता भएका टोलीमध्ये उत्कृष्ट १५ टोली अन्तिम ह्याकाथनका लागि छनोट भएका थिए।

ह्याकाथनको तयारी स्वरूप सहभागीहरूका लागि Product तथा Project Management सम्बन्धी दुई घण्टे प्रशिक्षण सञ्चालन गरिएको थियो। त्यसपछि आयोजना गरिएको ‘SparkEEC Eve’ मा गायन, कविता वाचन, गजल तथा ओपन माइक कार्यक्रम सम्पन्न भएको थियो, जसमा विद्यार्थी, प्राध्यापक तथा कलेज प्रशासनको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तिम चरण स्वरूप श्रावण १ र २ गते आयोजित ३० घण्टे ह्याकाथनमा सहभागी टोलीहरूले २७ घण्टा निरन्तर आफ्ना समाधान विकास गरेका थिए भने अन्तिम ३ घण्टामा निर्णायक समितिसमक्ष परियोजना प्रस्तुत गरेका थिए। सहभागी टोलीहरूले कृत्रिम बुद्धिमत्ता, रिटेल, स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक समस्याहरूको समाधान गर्ने विभिन्न प्रविधिमूलक परियोजनाहरू प्रस्तुत गरेका थिए।

प्रतियोगितामा DeepStack टोली (सौरभ पन्त, स्वस्तिका ढकाल र सुष्मिता भण्डारी) ले AI आधारित रिटेल व्यवसाय समाधान प्रस्तुत गर्दै रु. १० हजारसहित प्रथम स्थान हासिल गर्‍यो। Team Losers (पवित्र कुमार चालिसे, नवीन बस्नेत, सुरज अमगाईं र बिप्लव सेढाईं) ले ज्येष्ठ नागरिकका लागि स्मार्ट वाच विकास गर्दै रु. ७ हजारसहित प्रथम उपविजेता बन्यो भने Qkillers (रमित सोनार, यशन बस्नेत, निर्मल फडेरा र दीक्ष्या खनाल) ले दोस्रो उपविजेता बन्दै रु. ५ हजार पुरस्कार प्राप्त गर्‍यो।

मुख्य पुरस्कारसँगै Best Innovation Award, Best AI Solution Award तथा Public Choice Award समेत प्रदान गरिएको थियो।
कार्यक्रमका प्रायोजक Morbidelli, Avhigna Technologies र Nimbu Pani रहेका थिए। Mountain Khabar मिडिया पार्टनर तथा IEEE Student Branch Chapter EEC, Hult Prize at EEC, AWS Student Branch Group at EEC र Code For Change कम्युनिटी पार्टनरका रूपमा सहभागी थिए।

स्पार्कईईसी १.० मार्फत एभरेस्ट इन्जिनियरिङ कलेजले विद्यार्थीहरूमा नवप्रवर्तन, समस्या समाधान क्षमता तथा उद्यमशील सोचको विकास गर्दै सिर्जनात्मक परियोजनालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)