बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ


  • माउन्टेन खबर
  • बुधबार, साउन ६, २०८३
  • 87
    SHARES

काठमाडौं –  शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार दीपक भट्ट र शंकरलाल अग्रवालका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई पनि प्रतिवादी बनाइएको छ। यसअघि उक्त मुद्दाको अभियोगपत्रमा उनलाई फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको थियो।

पक्राउपछि अग्रवाललाई बुधबार नै थुनछेक प्रयोजनका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।उक्त बैंकिङ कसुर मुद्दामा अदालतबाट थुनछेकसम्बन्धी आदेश आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)