सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन


  • माउन्टेन खबर
  • सोमवार, साउन ११, २०८३
  • 44
    SHARES

काठमाडाैँ –  सहकारी पीडितहरुले समान रुपमा वचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् ।

सहकारी पीडित वचतकर्ता महासंघको नेतृत्वमा सोमवार माईतीघरमा सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले सरकारले साना र ठूला वचतकर्ता भनेर पीडितहरुलाई विभाजन गरेर पीडितहरुको आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन् । सहकारी पीडित वचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनकारी सहकारी पीडितहरुको वचत पहिला फिर्ता गर्न सरकारसँग माग गर्नुभयो ।

माग सम्बोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउदाँ समेत सुनुवाई नभएको उल्लेख गर्दै अब सहकारी पीडितहरुको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । सहकारी पीडितसंग विगतमा गरेका सम्झौताहरु कार्यन्वयन गराउन आफूहरुले प्रदर्शनमा उत्रिएको उहाँको भनाई छ ।

उहाँले सरकारले साना र ठूला वचतकर्ता भनेर सहकारी पीडितलाई नै विभाजन ल्याउन खोजेको पनि आरोप लगाउनु भयो । सबै पीडित समान रहेकोले सबैलाई समान व्यवहार गरेर वचत फिर्ता गर्न उहाँले सरकारसंग आग्रह गर्नुभयो । सरकारले हाल ठूला ऋणीसंँग कर्जा असुली गरेर साना वचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो वचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म ?’, ‘जग्गा मिलानका नाममा पीडित वचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित वचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित वचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । यस्तै उनीहरुले आफू पीडित बनेको सहकारी सञ्चालकका फोटोसहितको व्यानर समेत प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)