आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न


  • माउन्टेन खबर
  • आइतवार, साउन १७, २०८३
  • 44
    SHARES

काठमाडौं – आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते शुक्रवार होटेल याक एण्ड यतीमा एक भव्य समारोह बीच आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न भएको छ ।

कम्पनीमा आवद्ध भई दिन रात एक गरी कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रुपमा गर्ने गर्दछ । उपरोक्त कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति थियो ।

अवार्ड वितरण कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु, कम्पनीको उच्च व्यवस्थापन र अन्य सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्नु भएको थियो । साथै उहाँले कम्पनीको बारेमा बोल्दै कम्पनीले गरेको उल्लेख्य प्रगतिमा अभिकर्ताको मेहेनत र प्रविधिको प्रयोग मुख्य रहेको र अभिकर्ताको मेहेनतलाई साथ दिन कम्पनीलाई आगामी दिनहरुमा उच्चतम प्रविधिको प्रयोग गर्ने दायित्व रहेको बताउनुभयो ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला ८ वर्षको अवधिमा कम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आइएमई लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिनुभयो।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालले यस पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनु पर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरुको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरी सहयोग गरिरहने बताउनुभयो ।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सो कार्यक्रममा सहभागी भएका अभिकर्ताहरुलाई सम्वोधन गर्दै कम्पनीले आर्थिक बर्ष २०८२।८३ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरुको मूख्य भुमिका रहेकोमा दुईमत नरहेको बताउनुभयो । उहाँले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनहरु प्रस्तुत गरेको, कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै आएको र आगामी दिनमा कम्पनीका डिजिटल सेवा प्रवाहलाई थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गरेका, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट अभिकर्ताहरुलाई आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्याल तथा निर्देशकहरु, विनोद केसी, उषा ढकाल,सुनील कुमार पोखरेल, सन्दीप अग्रवाल लगायतले अवार्ड वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)