सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विराटनगरको प्रतिष्ठित औद्योगिक घराना देवनरा मुन्दडा समूहको घरमा प्रहरीको छापा


  • माउन्टेन खबर
  • सोमवार, साउन १८, २०८३
  • 48
    SHARES

काठमाडाैँ –  विराटनगरको प्रतिष्ठित औद्योगिक घराना देवनरा मुन्दडा समूहको घरमा प्रहरीले सोमबार बिहानैदेखि घेराउ गरेर खोजतलास थालेको छ ।

बिहान करिब ४ बजेदेखि प्रहरीले मुन्दडा समूहको घरलाई नियन्त्रणमा लिएर खोजतलास गरिरहेको भए पनि कारबाहीको कारणबारे भने हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

प्रहरीले खोजतलास गरिरहेको क्षेत्र आसपासको सुरक्षा व्यवस्था पनि कडा बनाएको छ । गोल्छा मोडदेखि जिल्ला प्रहरी कार्यालयसम्म पर्ने पण्डित मेघराज शर्मा मार्गमा प्रहरीले आवतजावतमा रोक लगाएको छ । उक्त क्षेत्रमा सर्वसाधारणलाई प्रवेश गर्न दिइएको छैन ।

मुन्दडा समूह जेजे ज्वेलर्स नामको चाँदीका गहना उद्योग, बाबा आयल रिफाइनरी, हाइलाइफ चप्पल लगायतका उद्योग सञ्चालन गर्दै आएको समूह हो । नेपालको सबैभन्दा ठूलो चाँदी उद्योगको रूपमा समेत जेजे ज्वेलर्स चर्चित छ ।

सोही समूहका प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्षसमेत हुन् ।

प्रहरीले गरेको खोजतलास कुन विषयसँग सम्बन्धित छ भन्नेबारे भने अहिलेसम्म केही खुलाइएको छैन । खोजतलासको कारण, अनुसन्धानको प्रकृति वा सम्भावित मुद्दाबारे प्रहरीको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)