सोमवार, साउन २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०८३
  • 36
    SHARES

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगले आफ्नो बार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच आयोगका माननीय कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने व्यवस्था रहेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले आयोगले सम्पुर्ण मुस्लिम समुदायको हकहित संरक्षण तथा मुस्लिम समुदायको सशक्तिकरणका सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयन भए नभएको विषय अध्ययन गरि नेपाल सरकारलाई सुझाव दिने काम मार्फत संविधानले सुनिश्चित गरेका समान अवसर र सामाजिक न्याय तथा सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पु¥याएको उल्लेख गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)