बिहिबार, भदौ ४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

होटल संघ नेपाल बाग्मतीले होटल तथा पर्यटन मेला आयोजना गर्ने


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ४, २०८३
  • 55
    SHARES

काठमाडौं –  होटल संघ नेपाल (हान) बाग्मती प्रदेशले चालु आर्थिक वर्षभित्र होटल तथा पर्यटन मेला आयोजना गर्ने भएको छ। बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटनको सम्भावना पहिचान, स्थानीय गन्तव्यको प्रवद्र्धन र होटल व्यवसायलाई पर्यटन विकासको प्रमुख साझेदारका रूपमा स्थापित गर्ने उद्देश्यसहित संघले विभिन्न कार्यक्रम अघि बढाउने निर्णय गरेको हो।

बुधबार बसेको संघको पहिलो बैठकले होटल तथा पर्यटन मेला आयोजना गर्नेसहित पर्यटन क्षेत्रसँग सम्बन्धित आठ महत्वपूर्ण निर्णय गरेको छ। मेलाका लागि सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह र पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थासँग सहकार्य गर्ने निर्णय गरिएको छ।

बैठकले २५ कोठासम्मका होटल तथा आवासीय प्रतिष्ठानका लागि प्रारम्भिक वातावरणीय परीक्षण आवश्यक नपर्ने गरी नीतिगत व्यवस्था गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णयसमेत गरेको छ। होटल व्यवसायमा लगानी र पूर्वाधार विस्तारलाई सहज बनाउन विद्यमान वातावरणीय प्रक्रिया सरल बनाउनुपर्ने संघको धारणा छ।

त्यसैगरी भदौ महिनाभित्र बागमती प्रदेशका सबै १३ जिल्लामा जिल्ला समिति गठन गरी संगठन विस्तार गर्ने निर्णय भएको छ। संघले जिल्लास्तरमा ‘पर्यटन संवाद’ कार्यक्रम सञ्चालन गर्दै सरकार, स्थानीय तह र होटल तथा पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्ने जनाएको छ। यसबाट स्थानीय पर्यटनका समस्या पहिचान गरी नीतिगत तहमा पु¥याउने र सम्भावनायुक्त गन्तव्यको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।

बैठकले प्रचार विभाग संयोजक विनोद जिरेलको संयोजनमा तीन सदस्यीय समिति तथा आर्थिक विभाग कोषाध्यक्षको संयोजनमा तीन सदस्यीय समिति गठन गरेको छ। कार्यालय व्यवस्थापनका लागि संस्थाका वरिष्ठ सल्लाहकार घनश्याम श्रेष्ठको संयोजनमा पनि तीन सदस्यीय समिति गठन गरिएको छ।

होटल व्यवसायलाई उद्योगसरह मान्यता दिई उद्योगले पाउने सुविधा उपलब्ध गराउनुपर्ने मागलाई समेत बैठकले प्राथमिकतामा राखेको छ। यससम्बन्धी माग सम्बन्धित सरकारी निकायमा औपचारिक रूपमा प्रस्तुत गर्ने निर्णय भएको छ।

हान बागमती प्रदेश अध्यक्ष रामसुन्दर बके पर्यटन अभियान र नयाँ गन्तव्यको पहिचान तथा प्रवद्र्धनमा सक्रिय व्यवसायीका रूपमा परिचित छन्। सम्भावित पर्यटकीय गन्तव्यलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले उनी विभिन्न क्षेत्रमा पुगेर अभियान सञ्चालन गर्दै आएका छन्। वैठक पछि बके भन्छन्, ’अब संस्थागत संरचनामार्फत त्यस्ता गन्तव्यको पहिचान, प्रचार र बजारीकरणलाई थप व्यवस्थित बनाउने तयारी गरिएको छ।’

बैठकपछि संघले पर्यटन व्यवसायीको हकहित, पर्यटन पूर्वाधार, नीतिगत सुधार र नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाएको छ। संघले सरकार र निजी क्षेत्रबीच सहकार्य बलियो बनाएर नेपालको पर्यटन सम्भावनालाई पहिचान गरी त्यसलाई आर्थिक गतिविधि, रोजगारी र स्थानीय विकाससँग जोड्ने समय आएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)