मङ्लबार, भदौ १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारत सधैँ नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षा मन्त्री सिंह


  • माउन्टेन खबर
  • सोमवार, भदौ १५, २०८३
  • 61
    SHARES

काठमाडौँ – भारतका रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

 

 

दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षा मन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्।

गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस अकल्पनीय प्राकृतिक विपत्तिले नेपाली नागरिकका साथै भारतीयलगायत अन्य विदेशी नागरिकलाई समेत प्रभावित बनाएको उल्लेख गरेका छन्।

आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै उनले लेखेका छन्, ‘यस विपत्तिमा ज्यान गुमाउनेहरूको परिवारप्रति हाम्रो प्रार्थना र समवेदना छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’

नेपाल र भारतबिचको गहिरो सम्बन्धलाई स्मरण गर्दै रक्षा मन्त्री सिंहले भारत सधैँ नेपालको ‘सुख दुःखको साथी’ रहेको बताएका छन्।

‘एक निकट मित्र र साझेदारका रूपमा भारत सधैँ नेपालको साथमा उभिएको छ,’ उनले भनेका छन्, ‘यस कठिन घडीमा पनि हामी हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएका छौँ र नेपालको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासहरूमा सहयोग गर्न पूर्ण रूपले प्रतिबद्ध छौँ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)