बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढी : रसुवामा १२ जनाको उद्धार


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 51
    SHARES

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा ल्याइएको सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।

यसैगरी, नेपाली सेनाको मेडिकल टिमले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सञ्चालन गरिरहेको छ। बाढीबाट प्रभावित तथा उद्धार गरिएका व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)