बुधबार, भदौ १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग


  • माउन्टेन खबर
  • बुधबार, भदौ १७, २०८३
  • 50
    SHARES

काठमाडौँ- संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत दुई हजार ६०० परिवारलाइ सहयोग स्वरुप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीलगायतका उक्त सामग्रीमा उपलब्ध गराइने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले नेपालको आवश्यकताअनुरूप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदारसँग समन्वय गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)