आइतवार, भदौ २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान


  • माउन्टेन खबर
  • आइतवार, भदौ २१, २०८३
  • 37
    SHARES

धादिङ –   धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पु¥याउन बाध्य भएका छन् ।

 

 

पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा खसेको पहिरो र त्यसले निम्त्याएको अवरोध छिचोल्दै किसानले आफ्नो उत्पादन विक्रीका लागि बजार लैजाने गरेका हुन् ।

वर्षातका कारण कृष्णभीर क्षेत्रमा निरन्तर खसिरहेको पहिरो र चुनौतीपूर्ण सडक अवस्थाका बाबजुद स्थानीयहरूले आफूले उत्पादन गरेको तरकारी बेनीघाट बजारसम्म ल्याइरहेका छन् ।

भौगोलिक विकटता र प्राकृतिक प्रकोपका कारण सडक सञ्जालमा अवरोध सिर्जना भएपछि किसानले तरकारीका भारी बोकेरै जोखिमपूर्ण यात्रा तय गर्नुपरेको हो ।

पहिरोग्रस्त क्षेत्रमा खसेका ढुङ्गा र लेदो माटोको प्रवाहका बीच कृषि सामग्री ढुवानी गर्दा कृषकहरूले ठूलो सास्ती खेप्नु परेको छ ।

उत्पादित वस्तु बजारसम्म पु¥याउन नसके लगानी डुब्ने डरले उनीहरू यसरी जोखिमपूर्ण रूपमा बजारतिर आउन विवश भएका हुन् ।

अवरुद्ध र जोखिमयुक्त बाटोका कारण बजारीकरणमा समस्या उत्पन्न हुँदा स्थानीय किसानको आयआर्जनमा समेत गम्भीर असर पुगेको छ । गत भदौ १० गतेको त्रिशूली नदीको बाढीका कारण कृष्णभीर, परेवाभीर लगायतका नदी तटिय क्षेत्रको सडक अवरुद्ध छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)