आइतवार, भदौ २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढी प्रभावित जिल्लाहरूमा राहत तथा पुनः स्थापनाका तीव्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय


  • माउन्टेन खबर
  • आइतवार, भदौ २१, २०८३
  • 34
    SHARES

काठमाडाैँ   – अन्तर्राष्ट्रिय गैसस सङ्घले सरकारसँगको समन्वयमा बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र  धादिङमा राहत तथा पुनर्स्थापनाका कार्यहरू तीव्र बनाएको छ ।

 

 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सँगको आपत्कालीन छलफलपछि महासङ्घ अन्त्रगतका संस्थाहरू प्रभावित क्षेत्रमा राहत तथा पुनः स्थापनाका कार्यमा सक्रिय भएका हुन् । अहिले महासङ्घभित्र आबद्ध ३० वटा संस्थाहरू विभिन्न मानवीय सहायतामा प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेको प्राधिकरणले जनाएको छ । नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सञ्जाल (एआई एन) का अध्यक्ष सञ्जय कार्कीका अनुसार बाढीपीडित समुदायका लागि खाद्यान्न, आश्रय (सेल्टर), कम्बल, हाई जिन किट र महिलाहरूका लागि आवश्यक डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री घटना भएको दोस्रो दिनदेखि नै वितरण भइरहेको छ ।

उहाँले भन्नुभयो ‘सरकारको आवश्यकताअनुसार, सबै सरकार सँग समन्वय गरेर घटना लगत्तै बेसिक रिलिफहरूका सामाग्रीहरू प्रभावित क्षेत्रमा पु¥याउने काम भएको थियो । कुनै पनि ठाउँमा राहत दोहोरिने वा छुट्ने नहोस् भनेर जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र आवश्यकताका आधारमा भूगोल विभाजन गरी काम भइरहेको छ, । हामी अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्था चाहिँ यो विपद् पर्दाखेरि मात्रै होइन, विपद् जोखिम न्यूनीकरण, विपद् पूर्व तयारीमा पनि काम गर्दै आएका छौ । समुदाय स्तरमा विपद् पूर्व तयारीका कामहरू हुँदै पनि आएका थिए । पहिलादेखि काम गरेको हुनाले हामी यो विपद् हुनासाथ परिचालन हुन धेरै सजिलो हुन्छ । स्थानीय सरकार र विपद् व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायसँगको समन्वय द्रुत गतिमा गर्न सकिन्छ । हाम्रा सदस्य संंस्थाहरुले विपद् जोखिम न्यूनीकरण र पूर्व तयारीमा पहिलेदेखि नै ती जिल्लाहरूमा काम गरिरहेकाले तत्काल परिचालन भई आधारभूत आवश्यकताका सामानहरू वितरणमा सहज भयो ।’


एआईएनको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागकी संयोजक डाक्टर सम्झना विष्टले प्रारम्भिक चरणको आपत्कालीन राहतपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श लगायत अन्य पुन स्थापनाका कामहरू सुरु गरिने जानकारी दिनुभयो । विभागीय मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय सरकारसँगको निरन्तरको छलफल र परामर्श पछि सरकारको प्राथमिकता भित्र रहेर दीर्घकालीन आर्थिक पुन निर्माणका काम अघि बढाउने गरी अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘मानवीय सहायतामा काम गर्दे आएका संस्थाहरू अहिले प्रभावित क्षेत्रमा परिचालित हुनुहुन्छ । उहाँहरूले खाद्य सुरक्षा, स्वास्थ्य, किशोरी, महिला ,बालबालिका, अपाङ्गता भएका तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक लगायत समूहको आवश्यकताका आधारमा राहत प्याकेजको व्यवस्था गरिरहनुभएको छ । विपद्को समयमा सबै भन्दा प्रभावित हुने समूहको सुरक्षाको विषय पनि महत्त्वपूर्ण हुने गर्दछ । हाम्रा सदस्य संस्थाहरू त्यसतर्फ पनि विशेष चनाखो भएर काम गरिरहनुभएको छ । तत्काल राहत कार्यमा संलग्न भइरहेको भए पनि समाज कल्याण परिषद्, सम्बन्धित मन्त्रालय, प्राधिकरणसँगको सहकार्यमा आगामी दिनमा पुनर्स्थापना र दीर्घकालीन आर्थिक पुनर्निर्माणका कामलाई पनि हामी अघि बढाउन तयार छौँ । त्यसका लागि हामी सबै सरकार र सरोकारवाला निकायसँग दैनिक छलफल र परामर्शमा छौँ ।’


सरकारले अल्पकालीन राहतका साथै दीर्घकालीन पुनर्स्थापनाका क्षेत्रमा सहयोग गर्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूलाई आह्वान गर्दै आएको छ । विपद् व्यवस्थापनका निम्ति गठन गरेका सबै उपसमितिहरूमा एआइएनलाई सदस्यको रूपमा राखिएको छ । विगत ३० वर्षदेखि नेपालमा विभिन्न क्षेत्रमा काम गर्दै आएको एआइएनमा हाल एक सय एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आबद्ध छन् । –न्युज एजेन्सी नेपाल

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)