सोमवार, अशोज १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा


  • माउन्टेन खबर
  • सोमवार, अशोज १९, २०८३
  • 48
    SHARES

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो।पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको बताउँदै उहाँले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नमा आफ्नो प्राथमिकता रहने बताउनुभएको छ।

पाण्डे नेपाली कांग्रेसको तीन पटक केन्द्रीय सदस्यका रूपमा तथा ४५ वर्षभन्दा बढी समय पार्टी सदस्यका रूपमा काम गरेको अनुभवसँगै युवा पुस्तासँगको निरन्तर सहकार्य र युवामैत्री कार्यशैलीलाई आगामी राजनीतिक यात्राको आधार बनाउने बताउनुभएको छ।

‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ,’ उहाँले भन्नुभयो। हाल कांग्रेसको सदस्यका रूपमा गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर काम गरिरहेको उल्लेख गर्दै पाण्डेले सरकार सञ्चालनका क्रममा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई मूल आधार बनाएर काम गर्दै आएको उहाँले बताउनुभएको छ। पार्टी संगठन र सरकार सञ्चालनका क्रममा प्राप्त अनुभवलाई आगामी दिनमा नेपाली कांग्रेसको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, संगठन सुदृढीकरण, विचारमा स्पष्टता र संगठनमा एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ।

महाधिवेशनका क्रममा प्राप्त हुने सुझाव, विचार, संवाद र सहकार्यलाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएको उहाँको भनाइ छ। पाण्डेले नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा शुभचिन्तकको साथ र सहयोगबाट आफू उपसभापति पदमा निर्वाचित हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)