बिहिबार, अशोज २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने


  • माउन्टेन खबर
  • बुधबार, अशोज २१, २०८३
  • 50
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत राठोरले पार्टी संकटमा रहेका बेला एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै सभापति गगन थापाले अघि सारेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका हुन्।

 

राठोरले पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहने बताए।

यसअघि १५औँ महाधिवेशनमा सभापति पदका लागि गगन थापा, किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका थिए। निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीमा सभापति पदमा यी तीन जनाको उम्मेदवारी परेको उल्लेख थियो।

राठोरले उम्मेदवारी फिर्ता लिएर थापालाई समर्थन गर्ने घोषणा गरेसँगै कांग्रेसको सभापति निर्वाचनमा नयाँ राजनीतिक समीकरण बनेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)