शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

करदाता प्रोत्साहन उपहारः असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०८३
  • 32
    SHARES

काठमाडौँ – सरकारले करदाता प्रोत्साहन उपहारअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ ।

 

शुक्रवार आन्तरिक राजस्व विभागले शुक्रवार एक कार्यक्रमकाबीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरेको हो । प्रत्येक दिनका दरले १५ जनाले जनही १ लाख र एक जनाले बम्पर उपहारअन्तर्गत १० लाख रुपैयाँ पाएका हुन् । विभागकाअनुसार नेपाल पेट्रो ल्युब प्राइभेट लिमिटेडबाट २१ हजार रुपैयाँको समान किन्ने कुपन नम्बर ०७३११०२०२५०१ का ग्राहकले बम्पर उपहार जितेका हुन् । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ कार्यान्वयनमा ल्याएको हो । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)