बिहिबार, अशोज २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा


  • माउन्टेन खबर
  • बुधबार, अशोज २१, २०८३
  • 57
    SHARES

काठमाडौँ – नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनको मञ्चमा पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थिति आफूहरूलाई खट्किएको बताउनुभएको छ ।

 

बुधवार खुलामञ्चमा महाधिवेशनको बन्दसत्र समारोहलाई समापन गर्दै सभापति थापाले पूर्वसभापति देउवा अनुपस्थित हुँदा आफूहरुलाई  नमिठो लागेको बताउनुभएको हो । उहाँले निःवर्तमान सभापति देउवाले लामो समय पार्टीका लागि संघर्ष तथा योगदान गरेको उल्लेख समेत गर्नुभयो । उहाँले  महाधिवेशनभन्दा बाहिर रहेका समेत साथमै लिएर अघि बढ्ने आफूहरुको इच्छा रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म यहाँ नआउनुभएका नेताहरुलाई पनि आग्रह गर्न चाहन्छु, महाधिवेशनको मञ्चबाट आग्रह छ, यो पार्टी तपाईं, हामी सबै मिलेर बनाएको पार्टी हो । श्रदेय पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा यति लामो संघर्ष गर्नुभएको छ । यो पार्टी निर्माणमा यति ठूलो योगदान छ । त्यसैले हामीलाई मिठो लागेको छैन । पार्टीमा लामो समय योगदान दिएका नेताहरु पनि यहाँ भइदिएको भए भन्ने लागेको छ, भोलिको दिनमा पनि हामी उहाँहरुलाई सँगै लिएर जान चाहन्छौँ ।’

पार्टीमा विवादबारे सर्वोच्च अदालतको फैसला कुर्ने कुराले समयको बर्बादी मात्र गर्ने उहाँको भनाइ छ । पार्टीको राजनीतिक विषयमा पुनरावेदन गर्नुको सट्टा राजनीतिक रुपमै मिलाउनुपर्नेमा उहाँको जोड छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)