बिहिबार, कार्तिक १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १२, २०८३
  • 46
    SHARES
काठमाडौँ । कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सक्ने भएका छन् ।

यस सुविधाअन्तर्गत ग्राहकले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टेलिभिजनको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसेर नवीकरण गर्न सक्नेछन् ।

यसले ग्राहकलाई छिटो, सहज र झन्झटरहित रूपमा सेवा नवीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

डिसहोमले ग्राहकलाई सहज र सुविधाजनक सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरणको सुविधा उपलब्ध गराउँदै आएको छ । कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपका अतिरिक्त ग्राहकले अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमबाट समेत आफ्ना डिसहोम सेवाको नवीकरण गर्न सक्नेछन् ।

डिजिटल माध्यमबाट सेवा नवीकरण गर्ने विकल्प विस्तार गर्दै ग्राहकलाई आफ्नो सुविधाअनुसार उपयुक्त भुक्तानी माध्यम छनोट गर्न सहज बनाउने दिशामा निरन्तर पहल गरिरहेको डिसहोमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)