बिहिबार, कार्तिक १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचनमा बदर मत घटाउन र सदर मत बढाउन सक्रिय भुमिका खेल्न दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १२, २०८३
  • 45
    SHARES

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा बदर मत घटाउन तथा धेरैभन्दा धेरै नागरिकलाई मतदान प्रक्रियामा सहभागि गराउन सक्रिय भुमिका खेल्न दलहरुलाई आग्रह गर्नुभएको छ ।

 

 

बुधवार निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टीले बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले लोकतन्त्रको सुन्दरता नै धेरैभन्दा धेरै नागरिक निर्वाचनमा सहभागी हुनु रहेको बताउँदै मतदान प्रतिशत बढाउन निर्वाचनसम्बन्धी सचेतना र सहभागिता अभिवृद्धिमा जोड दिनुभयो । निर्वाचनमा नागरिकको सहभागिता बढाउन राज्यका सम्बन्धित निकाय, राजनीतिक दल र सरोकारवाला पक्षले आ–आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले मतदाताले सही तरिकाले मतदान गर्न सक्ने वातावरण निर्माण गर्न निर्वाचनसम्बन्धी शिक्षा र सचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । मतदातालाई मतदान प्रक्रिया, मतपत्रमा सही तरिकाले मत संकेत गर्ने विधि तथा मतदानको महत्वबारे जानकारी गराउन राजनीतिक दलहरूले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा सहभागि गराउन निर्वाचन आयोगले सक्रियताका साथ काम गरिरहेको पनि बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्ने विषयमा राजनीतिक दलहरूबीच आपसि छलफल हुन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मूलतः विदेशमा रहेका नागरिकहरूको मताधिकार र गैरदलीय स्थानीय तहको चुनावमा गैरदलीय हुनुपर्छ भन्ने कुरा छ । यो एकदमै समसामयिक र जल्दोबल्दो मागको रुपमा उठान गर्नुभएको छ । निर्वाचन आयोगले एक्जिस्टिङ संविधान, कानुन, नियमभित्र रहेर कार्यसम्पदान गर्नुपर्ने हुन्छ । यस विषयमा हामीले सबै राजनीतिक दलहरुसँग अझ गहिरोसँग बहस गर्न आवश्यक रहेको छ । २०८२ फागुनमा सम्पन्न निर्वाचनमा समेत ५५ देखि ६५ प्रतिशत मतदाता मात्र मतदानमा सहभागि हुुनुभएको थियो । धेरैभन्दा धेरै नागरिक मतदानमा सहभागि हुनु नै लोकतन्त्रको सुन्दरता हो नि । त्यसकारण हामीले मतदान प्रतिशत वृद्धि गर्नुपर्ने आवश्यकता रहेको छ । अर्को, बदर मत संख्या पनि घटाउनुपर्ने छ । बदर मत संख्या वर्षेनी वृद्धि हुँदै गइरहेको छ । यसलाई कम गर्न हामीले अलि एक्सटेन्सिभ रूपमा सञ्चालन गर्नुपर्ने छ । यसमा निर्वाचन आयोगले भन्दा पनि राजनीतिक दलहरुले अझै धेरै काम गर्नुपर्ने छ । सदर मत बढाउने र बदर मत घटाउने काममा दलहरुले काम गर्नुपर्नेछ ।’

उहाँले २०८२ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५५ देखि ६५ प्रतिशत मतदाता मात्र मतदानमा सहभागी भएको उल्लेख गर्दै अधिकतम नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्ने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)