काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा कर्णाली याक्स र विराटनगर किंग्स आमनेसामने हुनेछन् ।
दिनको पहिलो खेलमा जनकपुर र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । काठमाडौंले यस खेलमार्फत जारी एनपीएलमा आफ्नो यात्रा सुरु गर्दैछ भने जनकपुरले यसअघि खेलेको खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो ।
आजको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । उक्त खेलमा कर्णाली याक्सले विराटनगर किंग्सको सामना गर्नेछ । विराटनगरले पनि प्रतियोगितामा सुखद सुरुआत गर्न सकेको छैन । उसले यसअघि चितवन राइनोजसँग पराजय व्यहोरेको थियो ।
दुवै टोली आजको खेलबाट प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने प्रयासमा रहनेछन् ।
