शनिबार, कार्तिक १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली याक्सको विराटनगरमाथि जित


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १३, २०८३
  • 64
    SHARES

काठमाडौँ – कप्तान सोमपाल कामीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा जित रच्दै लगातर दोस्रो सफलताहात पारेको छ ।

 

 

 

विशाल लक्ष्य पूरा गर्दै कर्णालीले बिहीवार विराटनगर किङ्समाथि चार विकेटको जित रच्यो । कर्णालीको लगातार दोस्रो जित हो भने विराटनगरको दोस्रो हार हो । पहिलो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई हराएको थियो । चितवन राइनोजसँग पराजित विराटनगरले दोस्रो खेलमा खराब बलिङ गरेपछि लगातार दोस्रो हार व्यहो¥यो । त्रिवि क्रिकेट स्टेडियममा विराटनगरले १८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । तर कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । कप्तान सोमपालको यादगार अलराउन्ड प्रदर्शनमा कर्णालीले एक बल अगावै जित रच्यो । सोमपालले ६२ रनमा अविजित रहे । बलिङमा पनि उनले चार विकेट लिएका थिए ।

६.५ ओभरमा ५७/५ को नाजुक स्थितिबाट सोमपालले कर्णालीलाई अप्रत्यासित जित दिलाएका हुन् । यस क्रममा उनले छैटौं विकेटका पवन सर्राफले ६६ रन र सातौं विकेटका लागि गुलसनसँग ६४ रनको साझेदारी गर्दै जित दिलाएका हुन् । सोमपालले ३२ बलमा ६४ रनको इनिङ खेले । यस क्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । पवनले ३६ रन र गुलसनले २८ रनको इनिङ खेले । इनिङको पहिलो बलदेखि नै कर्णालीले आक्रामक शैली अपनायो । तथापि दोस्रो ओभरमा ओपनर मार्क वाट १ रनमै बोल्ड भए । तेस्रो ओभरदेखि कर्णालीले आक्रामक ब्याटिङ ग¥यो । प्रतीश जिसीको ओभरमा अरिफुल इस्लामले २२ रन जोडे । उनले तीन छक्का र एक चौका प्रहार गरे ।

चौथो ओभरमा बलिङ गर्न आएका एन्जेलोले खेल टर्न गरे । उनले यसै ओभरमा अरिफुललाई ३२ रनमा आउट गर्दै ठूलो सफलता दिलाए । अरिफुलले १२ बलमा समान तीन छक्का र छक्का हिर्काए । यसपछि पाँचौं, छैटौं र सातौं ओभरमा कर्णालीले लगातार १÷१ विकेट गुमाउन पुग्यो । पाँचौं ओभरमा हुसेन तलत खाता नखोल्दै पभेलियन फर्किए ।

स्पिनर चरित असलन्काले हुसेनलाई बोल्ड गरे । अर्को ओभरमा एन्जेलो दीपक डुम्रेलाई २० रनमा बोल्ड गरे । दीपकले १९ बलमा समान एक चौका र छक्का हिर्काए । कप्तान सन्दीप लामिछानेले बंगलादेशी ब्याटर अकबर अलीलाई १ रनमै बोल्ड गरे । यससँगै ६.५ ओभरमा ५७/५ को नाजुक अवस्थामा पुग्यो । छैटौं विकेटका लागि कप्तान सोमपाल कामी र पवन सर्राफले ६६ रनको साझेदारी गर्दै जितको आधार बनाए । १४औं ओभरमा प्रतीशले पवनलाई ३६ रनमा बाउन्ड्री लाइनमा क्याच गराए । पवनले २८ बलमा एक चौका र तीन छक्का हिर्काए । तर अर्को छेउबाट कप्तान सोमपाल डढिरहे । सातौं विकेटका लागि उनले गुलसन झासँग रनको ६४ रनको अविजित साझेदारी गर्दै जित दिलाए । विराटनगरको बलिङमा एन्जेलोले तीन विकेट तथा कप्तान सन्दीप, प्रतीश, असलन्काले समान एक विकेट लिए । खराब बलिङसँगै फिल्डिङ गरेपछि विराटनगरले लगातार दोस्रो हार सामना ग¥यो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरको सुरुआत राम्रो भएन । तर, लोकेशको आक्रामक इनिङको प्रेरणामा विराटनगरले पूरै ओभरमा सात विकेटको क्षतिमा १८७ रनको चुनौतीपूर्ण लक्ष्य दियो । तेस्रो ओभरमै ओपनर इमरान शेख ५ रनमै आउट भए । स्पिनर मार्क वाटले उनलाई दीपक डुम्रेबाट क्याच गराए । एक छेउबाट ओपनर लोकेशले इनिङ बढाए । तर अर्को छेउबाट विकेट पतन भयो । चरित असलन्का ३ रनमै पभेलियन फर्किए । उनलाई कर्णालीका कप्तान सोमपालले गुल्सनबाट क्याच गराएका हुन् । त्यसअघि सोमपालकै बलिङमा लोकेशले नन्दन यादवबाट जीवनदान पाएका थिए । लोकेशको त्यसको फाइदा लिए । पावर प्लेमा विराटनगरले ४१ रन जोड्दै राम्रो सुरुआत पायो । तेस्रो विकेटका लागि लोकेश र शेहान जयासूर्याबीच ३४ रनको साझेदारी बन्यो । दुई रन लिने चक्कर जयासूर्या ११ रनमा रनआउट शिकार भए ।

८.६ ओभरमा विराटनगर ७३/३ को राम्रो स्थितिमा थियो । तर लोकेशलृ लगातार ठुला सट खेल्दै विशाल लक्ष्यको आधार बनाए । चौथो विकेटका लागि लोकेश र श्रीलंकाका एन्जेलो म्याथ्युजबीचको ७१ रनको साझेदारी महŒवपूर्ण रह्यो । १६औं ओभरमा लोकेश सोमपालकै कट एन्ड बोल्डको शिकार भए । लोकेशले ५२ बलमा चीन चौका र ९ चौका र ९ छक्का प्रहार गरे । १५.५ ओभरमा विराटनगर १४४/४ को बलियो स्थितिमा थियो । त्यसपछि आएका वेस्ट इन्डिजका रसेलले पनि आक्रामक ब्याटिङ गरे । तर अर्को छेउबाट एन्जेलो आउट भए । सोमपालले म्याथ्युजलाई ३१ रनमा बोल्ड गरे । त्यसअघि म्याथ्युजले २३ बलमा चौका हिर्काए । रसेलले १५ बलमा २७ रनको आक्रामक इनिङ खेले ।

१८औं ओभरमा सोमपालले रसेललाई युनिस सिंह ठकुरीबाट क्याच गराए । रसेलको इनिङमा तीन चौका र दुई छक्का रह्यो । इनिङको अन्तिम बलमा आउट भएका बसिरले ७ बलमा १३ रन बनाए । उनले समान एक चौका र छक्का हिर्काए । अन्तिम १० ओभरमा १०६ रन जोडेपछि विराटनगरले विशाल योगफल बनाएको हो । कर्णालीको बलिङमा सोमपालले चार विकेट तथा वाट र नन्दनले समान एक विकेट लिए । मार्क वाटले चार ओभरमा एक मेडन राख्दै २३ रन खर्चिए । अन्य बलर निकै मंहगा साबित भए । शुक्रवार कुनै पनि खेल हुनेछैन । शनिवार दुई खेल हुनेछन् । -न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)