आइतवार, कार्तिक १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

२०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०८३
  • 52
    SHARES

काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ को विशेष पहलमा २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रर्बर्द्धन गरिने भएका छन् ।

प्रविधिको तीव्र विस्तारसँगै नेपालको मौलिक संस्कृती, परम्परा र गन्तव्यहरुलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।

नेपाल पर्यटन बोर्डले २०० भन्दा बढी कन्टेन्ट क्रिएटरलाई देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्‍याएर त्यहाँको खानपान, भेषभुषा, ट्राभल, फोटोग्राफी, भिडियोग्राफी, कला, संस्कृति तथा लाइफस्टाइललगायत विधामा सक्रिय क्रिएटरमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिक जीवनशैलीलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्लेटफर्म र सिर्जनशील युवाको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आएका छन् । उनका अनुसार नयाँ तथा कम चिनिएका पर्यटकीय गन्तव्यसँगै नेपाली कला, संस्कृति, खानपान र जीवनशैलीलाई विश्वसामु चिनाउन कन्टेन्ट क्रिएटरहरूको सहभागितालाई प्रभावकारी रूपमा उपयोग गर्न आवश्यक छ ।

मन्त्री पौडेलले यस अभियानलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी नेपालमा कन्टेन्ट क्रिएसनलाई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै आएका छन् । यसबाट नयाँ प्रतिभाले आफ्नो सिर्जनशीलता प्रस्तुत गर्ने अवसर पाउनुका साथै रोजगारी, उद्यमशीलता र व्यावसायिक सम्भावनासमेत विस्तार हुने मन्त्री पौडेलको विश्‍वास छ ।

नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत डिजिटल पर्यटन प्रवर्द्धन, फोटो तथा भिडियो सामग्री उत्पादन, डिजिटल कन्टेन्ट बैंक निर्माण र कन्टेन्ट क्रिएटरसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ । सोही नीतिगत प्राथमिकतालाई कार्यान्वयन गर्दै बोर्डले विभिन्न विधाका २०० भन्दा बढी क्रिएटरलाई पर्यटन प्रवर्द्धन अभियानमा जोड्न लागेको हो ।

यस अभियानअन्तर्गत क्रिएटरहरूले देशका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्नै सिर्जनात्मक शैली र विधाअनुसार फोटो, भिडियो तथा अन्य डिजिटल सामग्री उत्पादन गर्नेछन् । यसरी तयार हुने सामग्रीले नेपालको स्थापित पर्यटकीय गन्तव्यको प्रचारसँगै ओझेलमा परेका सम्भावनायुक्त गन्तव्यको पहिचान र प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

परम्परागत पर्यटन प्रचार सामग्रीभन्दा फरक, व्यक्तिगत अनुभव, स्थानीय कथा, संस्कृति, खानपान र जीवनशैलीमा आधारित सामग्रीमार्फत सम्भावित पर्यटकलाई नेपालसँग जोड्ने यस अभियानको उद्देश्य छ । डिजिटल प्लेटफर्ममा क्रिएटरहरूको पहुँच र प्रभावलाई उपयोग गर्दा नेपालको पर्यटनसम्बन्धी सूचना विभिन्न उमेर समूह र अन्तर्राष्ट्रिय बजारसम्म सहज रूपमा पुर्‍याउन सकिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)