आइतवार, कार्तिक १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु)


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १६, २०८३
  • 37
    SHARES

काठमाडौँ – न्यायपालिकामा भइरहेको भनिएको ‘सेटिङ’ र भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिक अभियानले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

हालै चर्चामा रहेको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै अभियानका अगुवाहरूले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेका हुन् । प्रदर्शनमा सहभागी पूर्वराजदूत डा. निर्मल विश्वकर्माले न्यायालयभित्र सेटिङको माध्यमबाट न्याय किनबेच भइरहेको भन्दै गम्भीर आशंका व्यक्त गरे । आन्दोलनरत समूहले न्यायाधीशहरूको कार्यशैलीमाथि प्रश्न उठाउँदै भ्रष्टाचारमा संलग्न न्यायका अधिकारीहरूलाई तत्काल छानबिनको दायरामा ल्याउन माग गरेका छन् । उनीहरूले न्यायालयलाई स्वच्छ, स्वतन्त्र र जनउत्तरदायी बनाउनका लागि अविलम्ब स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले आम जनताले सहज र निष्पक्ष न्याय पाउने वातावरण नबनेसम्म आफूहरूको अभियान जारी रहने चेतावनी दिएका छन् । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)