सोमवार, कार्तिक १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १६, २०८३
  • 60
    SHARES

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ। दुवै टोली आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छन्।

जनकपुर बोल्ट्सको टोलीमा कप्तान हरमित सिंहसहित इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली र अनिलकुमार साह रहेका छन्। टोलीमा ललितनारायण राजवंशी, रित गौतम र आशुतोष पाण्डे पनि समावेश छन्।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा शाकिब अल हसन, महेदी हसन, चमिका करुणारत्ने र धनञ्जय लक्षान रहेका छन्। टोलीमा सागर ढकाल, अर्जुन घर्ती र अर्जुन कुमाल पनि छन्।

शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ। वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले तीन विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो।

यसअघि ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो। सोही दिन चितवन राइनोज र लुम्बिनी लायन्सबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)