सोमवार, कार्तिक १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सम्पदा जोड्दै तीन दिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्नः विश्वसामु हाम्रा कथा प्रश्तुत गर्ने प्रतिवद्धता


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १७, २०८३
  • 38
    SHARES

काठमाडौँ – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता पूरा गरेको बताउनुभएको छ ।

काठमाडौं फिल्म फेस्टिभल २०२६ को समापन समारोहलाई बौद्धनाथमा सम्बोधन गर्दै उहाँले सन् २०२३ मा युनेस्कोको सिर्जनशील चलचित्र सहरको मान्यता प्राप्त गरेपछि चार वर्षभित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता गरेको र सन् २०२६ मै त्यसलाई पूरा गर्न सफल भएको बताउनुभएको हो । उहाँले तीनदिने फेस्टिभलले विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र र बौद्धनाथलाई जोडेको उल्लेख गर्नुभयो । बसन्तपुरबाट शुरु भएको फेस्टिभल बौद्धनाथमा समापन गर्न पाउँदा खुशी लागेको उहाँको भनाइ छ । फेस्टिभलको पहिलो दिन वर्षाका कारण कार्यक्रम सञ्चालनमा कठिनाइ भएपनि कलाकार, स्वयंसेवक, महानगरपालिका परिवार र नगर प्रहरीको सहयोगले कार्यक्रम सफल भएको उहाँले बताउनु भयो । विशेषगरी वर्षाका बीच पनि फिल्म हेर्न उत्साहित वरिष्ठ कलाकारहरूप्रति उहाँले आभार व्यक्त गर्नुभयो । फेस्टिभल सफल बनाउन सहयोग गर्ने फिल्म विकास बोर्ड, एलायन्स फ्रान्सेज, अमेरिकी तथा अस्ट्रेलियाली दूतावास, युनेस्को र अन्य साझेदार संस्थालाई पनि उहाँले धन्यवाद दिनुभयो ।

त्यस्तै, फेस्टिभलका निर्देशक तथा आयोजक टोलीले गरेको मेहनतको प्रशंसा गर्दै उहाँले राति १० बजे शुरु हुने बैठक बिहान २ देखि ३ बजेसम्म चल्ने गरेको अनुभव सुनाउनु भयो । नेपाली चलचित्र र कथालाई अन्तर्राष्ट्रिय समुदायमाझ पु¥याउनु फेस्टिभलको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै डंगोलले नेपालले विश्वका कथा हेर्ने र सुन्ने मात्र नभई विश्वले पनि नेपाली कथा हेर्ने र सुन्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।

डंगोलले भन्नुभयो, ‘नेपालले विश्वका कथाहरू हेर्ने, सुन्ने मात्र होइन, विश्वले पनि हाम्रा कथाहरू देख्न र सुन्न पाउनुपर्छ । वरिष्ठ कलाकारहरूलाई खाना खान जाने वा विश्राम गर्ने हो भनेर सोध्दा पनि उहाँहरूले होइन, हामी अझै फिल्म हेर्न चाहन्छौँ भन्नुभयो । यसले हामीलाई थप ऊर्जा दिएको छ । हामीले विश्वका कथा नेपाललाई देखाउने, सुनाउने र सुनाउने मात्र होइन, नेपालका कथाहरू पनि विश्वले देख्ने र सुन्ने वातावरण बनाउनुपर्छ ।’

फेस्टिभलको औपचारिक समापन भए पनि नेपाली कथा र चलचित्रलाई विश्वमाझ पु¥याउने यात्रा निरन्तर रहने उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)