शनिबार, कार्तिक १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप शुरु


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०८३
  • 46
    SHARES

काठमाडौँ – चितवनको रत्ननगर नगरपालिकामा शुक्रवारदेखि चारदिने अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु भएको छ ।

रत्ननगर नगरपालिकामा एक सामारोहकाबीच प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु भएको हो । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली काँग्रसका नेता इन्द्र बानियाँले पानसमा दीप प्रज्वलन गरी चारदिने प्रतियोगिताको उद्घाटन गरे । उद्घाटनका अवसरमा नेपाली तेक्वान्दो डेमोन्स्ट्रेसन टोलीले आफ्नो डेमोन्स्ट्रेसन प्रश्तुती दिएका थिए । कार्यक्रममा चितवन तेक्वान्दो डोजाङको भवन निर्माणमा योगदान पु¥याएका दीपक बाबु नेपाललाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ र डोजाङ प्रमुख रोशन खानले सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा साथै विभिन्न देशको मार्चपास्ट, स्थानीय थारु समुदायको नाचका साथै सांस्कृतिक र सांगीतिक प्रश्तुती पनि प्रतियोतिाको आकर्षण बनेको थियो । सो कार्यक्रमममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बानियाँले खेलकुदको देशको प्रतिष्ठा बढाउने माध्यम मात्र नभएर स्वस्थ नागरिक निर्माणको माध्यम पनि रहेकाले यसको विकासका लागि राज्यले लगानी बढाउनुपर्ने बताए । हरेक नागरिकले आफ्नो मानसिक स्वास्थ्यका लागि पनि खेल खेल्न आवश्यक रहेको औंल्याउँदै बानियाँले राज्यले यसतर्पm जनतालाई अग्रसर गराउनुपर्ने धारणा राखेका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका बानियाँले बागमती प्रदेश सरकारले चितवनलाई नेपालकै पर्यटकीय नगरीका रूपमा विकास गर्दै यस प्रदेशका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन लगानी गर्दै आएको बताएका छन् । नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि चितवनका सबै स्थानीयले सहयोग गरेको उल्लेख गर्दै यसै प्रतियोगिता आयोजना गर्न भौतिक पूर्वाधार आवश्यक रहेको औंल्याए । विभिन्न देशका खेलाडीहरूले सुविधा सम्पन्न खेल पूर्वाधार प्रतिष्पर्धा गर्न पाएको खण्डमा विश्वभर नेपालबारे राम्रो सन्देश जाने र खेलाडी उत्पादनमा पनि मद्दत मिल्ने संघका अध्यक्ष गुरुङको भनाइ थियो ।

चितवन तेक्वान्दो डोजाङको आयोजनामा शुरु भएको प्रतियोगिता कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले प्रतियोगिताको प्रतिष्पर्धा शनिवारदेखि शुरु हुने जानकारी दिए । च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिष्पर्धा हुँदैछन् । नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिव आठ सय खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए । टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले ग्यरोगीतर्पm सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्सेमा गरी कुल ६४ स्वर्ण, ६४ रजत र १२८ काँस्य पदकका लागि प्रतिष्पर्धा हुने बताए । प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष, उत्कृष्ट ग्योरोगी महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने जानकारी दिए । प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले यो प्रतियोगितामार्फत चितवन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)