बिहिबार, कार्तिक २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एआईमा खुला सहकार्य र डिजिटल साझेदारीमा जोड


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक २०, २०८३
  • 41
    SHARES

काठमाडौँ –  कृत्रिम बौद्धिकता (एआई) को विकास तथा डिजिटल प्रविधिमा साझा सहकार्यलाई प्रवद्र्धन गर्न चीनमा आयोजित विश्व इन्टरनेट सम्मेलनमा सहभागीहरूले खुला प्रविधि र सामूहिक नवप्रवर्तनमा जोड दिएका छन् ।

चीनको पूर्वी झेजियाङ प्रान्तस्थित वुझेनमा मंगलबारदेखि सुरु भएको सन् २०२६ को विश्व इन्टरनेट सम्मेलन (डब्लूआईसी) वुझेन शिखर सम्मेलनमा सहभागी प्रतिनिधिहरूले एआई विकासमा खुला सहकार्य आवश्यक रहेको बताएका हुन् । ‘खुला स्रोत र खुलापन, संयुक्त योगदान र साझा लाभ ः साइबर स्पेसमा साझा भविष्यको समुदाय निर्माण’ भन्ने नाराका साथ शुरु भएको सम्मेलनमा १३८ देश तथा क्षेत्रका करिब एक हजार ८०० प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा जीएसएमए लिमिटेडका अध्यक्ष तथा निर्देशक जोन हफम्यानले खुला प्रविधि र खुला स्रोत क्षमताको विकासमा चीनले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले विश्वव्यापीकरण र ठूलो परिमाणमा उत्पादन तथा प्रविधिको प्रयोगले उद्योगको विकासलाई गति दिनुका साथै लागत घटाउन सहयोग पुगेको उल्लेख गरे । मोबाइल प्रविधिका विभिन्न पुस्ताको विकाससँगै विश्वलाई एउटै प्रविधिगत प्रणालीमा जोड्न सम्भव भएको उनको भनाइ थियो ।

त्यस्तै, यूक्लाउड टेक्नोलोजीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जी सिन्ह्वाले एआईको तिब्र विकाससँगै यसको शासन, सुरक्षा र नियमन प्रमुख चुनौतीका रूपमा देखिएको बताए । मानव बुद्धिमत्ता र कृत्रिम बुद्धिमत्ताबीच सहकार्य कसरी सम्भव बनाउने तथा मानव र एआईबीच सहअस्तित्व कसरी कायम गर्ने भन्ने विषयमा गम्भीर विचार गर्नुपर्ने उनले बताए ।

एआईको सुरक्षा र प्रभावकारी नियमनका लागि सामूहिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले यससम्बन्धी कानून तथा नियम निर्माण र दीर्घकालीन योजनामा जोड दिए । सम्मेलनमा खुला स्रोत प्रविधि, डिजिटल सहकार्य, एआई सुरक्षा तथा साइबर स्पेसको भविष्यलगायत विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)