आइतवार, मंसिर ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गणेश र भैरवको छुट्टै निवासले जीवित सम्पदा संरक्षणमा टेवा पुग्छः डंगोल


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ६, २०८३
  • 48
    SHARES

काठमाडौँ – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।

शनिवार हनुमानढोका दरबार क्षेत्रमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीसँगै गणेश र भैरवका लागि पनि छुट्टै निवास आवश्यक रहेको बताउनुभएको हो । उहाँले इन्द्रजात्रालगायतका सांस्कृतिक पर्वमा जीवित देवीदेवताको रथयात्रा हुने भएकाले गणेश र भैरवको गरिमाअनुसारको निवास निर्माण महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । डंगोलले भवन निर्माणका लागि लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपरेको र पुरानो संरचना भत्काउनसमेत निकै प्रयास गर्नुपरेको बताउनु भयो । विभिन्न कालखण्डमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन भएपनि यस विषयलाई सरोकारवालाले निरन्तर उठाउँदै आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आजको यो शिलान्याससम्म आइपुग्न भवन भत्काउनेदेखि विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्न र सरोकारवाला निकायसँग समन्वय, परामर्श तथा सहकार्य गर्न लामो प्रयास गर्नुपरेको छ । पूर्व गणेश र भैरवका पुजारी तथा अग्रजहरूको योगदानले पनि यस कार्यलाई अघि बढाउन महत्वपूर्ण भुमिका खेलेको छ ।

हनुमानढोका दरबार क्षेत्रमा जीवित देवी कुमारीसँगै श्री गणेश र श्री भैरवका लागि पनि उपयुक्त निवास आवश्यक छ । विशेषगरी इन्द्रजात्रासँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन यसको महत्वपूर्ण भुमिका रहनेछ । यस निर्माण कार्यले जीवित सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक गरिमा बढाउने विश्वास लिइएको छ । त्यसैले भवनलाई सम्पदामैत्री, आकर्षक र बलियो बनाउन निर्माण कार्यको निरन्तर अनुगमन, सुझाव र सहयोग गर्न सबैमा अनुरोध गर्दछु ।’

उहाँकाअनुसार नयाँ भवन निर्माणले जीवित सम्पदाको संरक्षणसँगै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक गरिमा बढाउनेछ । उहाँले निर्माण कार्यलाई सम्पदामैत्री, बलियो र आकर्षक बनाउन स्थानीय तथा सरोकारवालाको सहयोग र सुझाव आवश्यक रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)