सोमवार, मंसिर १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १, २०८३
  • 45
    SHARES

काठमाडौँ-  उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ । गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् ।

अहिले सूर्य उपासनाको पर्व सम्पन्न भएसँगै बर्तालु छठी घाटबाट घर फर्केका छन् । यसअघि चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत सङ्कल्प गरेर ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुले पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन यो पर्व विभिन्न विधि साथ मनाइन्छ ।

अस्ताउँदा सूर्यदेवलाई पहिलो अर्घ्य दिइने षष्ठी तिथिको साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ । यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएर पर्व सम्पन्न गरिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिएको छ ।

पर्व सम्पन्न गरेर घर फर्केपछि बर्तालुले दीनदुःखी र आशामुखीहरुलाई अन्न, वस्त्र दान गरी प्रसाद ग्रहण गर्छन् । यससँगै पर्वका प्रसाद खाने ख्वाउने क्रम सुरु हुन्छ । यस पर्वमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार तथा केरा र अन्य फलफूल एवं माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइएका बस्तु प्रसाद हुन्छन् ।

मिथिलामा छठको प्रसाद खाने ख्वाउने क्रम महिना दिनसम्म चलीरहन्छ । खासगरी छोरीचेली, फुपू, मित र अन्य इष्टमित्रकहाँ छठको प्रसादको ‘भार’ (सोली) नै पठाउने मैथिल चलन छ ।

छठ व्रतको प्रभावले सुखसन्तोष प्राप्त हुने र रोगव्याध नलाग्ने जनविश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)