आइतवार, मंसिर ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै


  • माउन्टेन खबर
  • आइतवार, मंसिर ७, २०८३
  • 49
    SHARES

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जाँदैहुनुहुन्छ । प्रधानमन्त्री शाहको टोली आज दिउसो १:४५ बजेको नेपाल वायु सेवा निगमको नियमित उडानबाट दिल्ली जाने कार्यतालीका रहेको छ ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली जान लाग्नु भएको हो ।उहाँ प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ अधिकारी, व्यवसायी र पत्रकारलगायत ३४ सदस्यीय टोली रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।

भ्रमणका क्रममा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रले प्राथमिकता पाउने भएको छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता सहकार्यका विविध क्षेत्रसँग सम्बन्धित समझदारीपत्रहरू (एमओयु) समेत आदानप्रदान गरिने परराष्ट्र सचिव अमृत राईले  जानकारी दिनुभयो ।

भ्रमणका क्रममा नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल–भारत ‘बिजनेस फोरम’को पनि आयोजना गरिनेछ । उक्त फोरममा भारतीय व्यवसायीका चासो तथा सरोकार सम्बोधनको प्रयास हुनेछ । साथै उनीहरूलाई नेपालमा लगानीका लागि अनुरोध गरिने छ ।

यसैगरी, भारतीय लगानी थप  आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिने सो कार्यक्रम नेपाली र भारतीय व्यवसायीबीच सहकार्यको ‘सेतु’ बन्ने अपेक्षा गरिएको छ ।

 

भ्रमणको मुख्य तालिका यस्तो छ-

 मंसिर ६ गते आइतबार

▪ दिउँसो १: ४५ बजे  नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत काठमाडौँबाट दिल्ली प्रस्थान।

▪ दिउँसो ३: १५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण।

▪ साँझ ६: ०० बजे  होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता।

मंसिर ७ गते सोमबार

– बिहान १०:०० बजे  राष्ट्रपति भवनमा औपचारिक स्वागत (गार्ड अफ अनर) तथा भेटघाट।

-स्वागतलगत्तै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण।

– मध्यान्ह – हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता।

– दिउँसो १२:२५ बजे- दुई देशबीच महत्त्वपूर्ण सहमति तथा समझदारीपत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन।

-दिउँसो – प्रधानमन्त्री मोदीद्वारा आयोजित औपचारिक दिवाभोजमा सहभागी।

-दिउँसो ३:१५ बजे- राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता।

-साँझ ४:५० बजे- नयाँ दिल्लीबाट स्वदेश प्रस्थान ९साँझ ६:३५ बजे काठमाडौं अवतरण।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)