सोमवार, मंसिर ८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल– नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ८, २०८३
  • 22
    SHARES

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्काएको बताउनुभएको छ ।

प्रधानमन्त्री साह स्वदेश फर्किपछि सोमवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे ब्रिफिङ गर्दै मन्त्री खनालले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीको दुई दिने राजकीय भारत भ्रमण  नेपालको राष्ट्रिय हित प्रवद्र्धन, आर्थिक वृद्धि, विकास र समृद्धिलाई केन्द्रमा राखेर सम्पन्न भएको बताउनु भयो । भारतसँगको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउँदै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने विषय भ्रमणको मुख्य प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भयो । यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने सरकारको विश्वास रहेको पनि मन्त्री खनालले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले नेपालको राष्ट्रहित प्रवद्र्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ । मित्रराष्ट्र भारतसँग रहिआएको हाम्रो सदियौँ पुरानो घनिष्ठ बहुआयामिक सहयोगात्मक र जनस्तरको सम्बन्ध एवम् सहकार्यलाई थप मजबुत बनाई दुवै मुलुकका नागरिकले प्रत्यक्ष अनुभूत र लाभ प्राप्त गर्ने दिशामा यो भ्रमण केन्द्रित रह्यो । साथै लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौँ ।’

उहाँले भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउनुका साथै अगामी दिनमा समेत परिणाममुखी उपलब्धी हासिल गर्ने आधार तयार पारेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)