मङ्लबार, मंसिर ९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लघुकथा “पिँजडा” -युवराज मैनाली


  • युवराज मैनाली
  • मङ्लबार, मंसिर ९, २०८३
  • 11
    SHARES

लघुकथा पिँजडा -युवराज मैनाली

पहाडबाट फिस्टो चारकोसे झाडीमा झर्यो । बाजसँग मित्रता बढायो अनि फर्किदा साथमा रत्नजडित सुनको पिँजरा ल्यायो। “के ल्यायौ?” बूढो लाटोकोसेरोले सोध्यो। “मित्रता।” “पिँजरा किन?” “सम्मान।” “साँचो नि?” “विश्वास भए पुग्छ।” “अनि आकाश?” फिस्टो झर्कियो, “मेरो स्वतन्त्रतामाथि किन शङ्का! नपत्याए म पिँजडामा छिरेर देखाइदिउँ?” भोलिपल्ट पहाडभरी समाचार फैलियो: ‘चारकोसे झाडीमा फिस्टोको ऐतिहासिक समझदारी।’ लाटोकोसेराले माथि हेर्‍यो। आकाश खुलै थियो। फिस्टो पिँजडा भित्र थियो तर ढोका बन्द थियो। फिस्टोको बुझाईमा त्यो अभूतपूर्व सफलता थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)