न्याय हराए गाेर्खा जानू निकै सुनिन्थ्याे ।
सभ्रान्त परिवार, कुकुरकाे साेख, कर्कश आवाज, अनिदाे शरीर, लाज हरायाे ।
प्रायः घर, गाईकाे गाेठ, गाेबरकाे सुगन्ध, लिपापाेती, शुद्ध घर, हिजाेकाे थियाे अवस्था ।
आजभोलि कुकुरकाे केनेल, अर्काकाे मूल ढाेका, डाेलडाल, बिष्टाकाे थुप्राे, विवेक हरायाे ।
आसन रित्तो,गाेर्खा माैन, खै कता जानू ?
काठमाडौँ – ५ ।
प्रतिक्रिया
