आइतवार, मंसिर १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र २५ तथा पुस ४ र ५ मा हुने, प्रदेश अधिवेशन पुस १२ देखि १८ सम्म


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १४, २०८३
  • 19
    SHARES

काठमाडौँ-  नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका लगभग टुगो लगाएको छ ।

पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।

सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो। बाँकी जिल्लाहरूमा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन हुनेछ। यद्यपि, निर्वाचन समितिले सम्बन्धित जिल्ला कार्यसमितिसँगको सल्लाहमा कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा मितिमा सामान्य हेरफेर गर्न सक्ने लचकतासमेत राखिएको छ।

यसैगरी, पार्टीको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेको बीचमा सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ। सभापति थापाले सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक–दुई दिनको फरक पारेर सञ्चालन गरिने स्पष्ट पार्नुभएको छ। सबै प्रदेश अधिवेशनहरूमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू स्वयं उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक–फरक राख्न लागिएको हो।

सबै मितिहरुको अन्तिम टुगो लगाएर घोषणा भने निर्वाचन समितिले सबै जिल्ला समिति तथा प्रदेश समितिसँग परामर्श गरेपछि भोलीसम्ममा गर्ने पनि सभापति थापाले स्पष्ट पार्नु भयो ।

पार्टीको१५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै काङ्ग्रेसले देशभरका ७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्नुका साथै जिल्ला र प्रदेश अधिवेशनमार्फत संगठन सुदृढीकरणलाई तीव्रता दिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)