मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईफोन एसई फेब्रुअरी १९ तारिखमा लन्च हुने


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ३, २०८१
  • 180
    SHARES

काठमाडौं – एप्पलका सीईओ टिम कुकले “परिवारको सबैभन्दा नयाँ सदस्य” फेब्रुअरी १९ तारिखमा आधिकारिक रूपमा आउने एक्समा घोषणा गरेका छन्।

अहिलेसम्म देखिएका सबै लीकहरूको आधारमा र एप्पल प्रोडक्टहरू बारे जानकार ब्लूमबर्गका मार्क गर्मनले यो अर्को आईफोन एसई हुने पुष्टि गरेको बताइएको छ। त्यसैगरी अस्थायी रूपमा आईफोन एसई ४ भनिने गरिएको यो डिभाइस कहिलेकाहीं आईफोन १६ई को रूपमा आइपुग्ने अफवाह पनि रहेको छ।

एप्पलले भने यस डिभाइसलाई आईफोन एसई भन्ने सम्भावनाको उल्लेख गरिएको छ र यसको सबै पूर्ववर्तीहरूसँग पनि त्यस्तै गरिएको थियो। यो ह्यान्डसेट आईफोन १४ को जस्तै लुक्स, ए१८ चिप, ८ जीबीको र्याम र एक सिंगल रियर क्यामराको साथ आउने अफवाह छ।

यो डिभाइसको मूल्य ४९९ अमेरिकी डलरमा सुरु हुने अपेक्षा गरिएको छ जुन आगामी गुगल पिक्सेल ९एको अफवाह गरिएको मूल्य निर्धारणसँग मेल खाने बताइएको छ। उक्त मूल्य दायराको साथ आईफोन एसईले अमेरिका र क्यानडा जस्ता धेरै राम्रो मिड–रेञ्ज अप्सन्स (मध्य–दायरा विकल्पहरू) नभएका बजारहरूमा प्रतिस्पर्धा गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)