मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको महासंघका अध्यक्ष ढकालको धारणा


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन ११, २०८१
  • 131
    SHARES

 

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । आइतवार काठमाडौंमा आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट राउन्डटेबलमा बोल्दै उहाँले कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै यसबाट फाइदा लिन सोही अनुरुपका रणनीति र कार्यक्रम आवश्यक भएको बताउनु भयो ।

अहिले पनि कृषि क्षेत्रले ठूलो जनसंख्यालाई रोजगारी प्रदान गरिरहेको, कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको चर्चा गर्दै उहाँले वित्तमा सीमित पहुँच, खण्डित भूमि स्वामित्व र पुरानो प्रविधि जस्ता कुराहरुले नेपालले कृषिबाट आशातित सफलता हासिल गर्न नसकेको धारणा राख्नु भयो ।

अध्यक्ष ढकालले वित्तीय समावेशीकरण मात्र पर्याप्त नभएको तर्क गर्दै कृषि मूल्य शृङ्खला सुधार गर्ने, किसानहरूलाई बजारसँग जोड्ने र साना तथा मझौला कृषि व्यवसायहरूको लागि पूँजीमा पहुँच सुनिश्चित गर्ने कुरामा केन्द्रित फराकिलो दृष्टिकोणको आवश्यकता ओल्याउनु भयो ।

ग्रामीण उद्यमशीलताको विकासका लागि कृषि र ग्रामीण पूर्वाधारमा लगानी बढाउनु पर्ने बताउनु भयो । उहाँले आफुले व्यक्तिगत रुपमा पनि रेमिट्यान्सलाई औपचारिकीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा वित्तीय सेवाहरू विस्तार गर्ने, किसान, महिला उद्यमी र साना व्यवसायहरूलाई सशक्त बनाउने काम गरिरहेको बताउनु भयो ।

उहाँले नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने परियोजना र कम्पनीहरूमा लगानी गर्ने लक्ष्यका साथ महासंघको अगुवाईमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनि स्थापना गरि कामहरू अगाडि बढाइएको जानकारी दिनुभयो ।

नेपालको कृषि तथा अन्य विकास परियोजनाहरुमा विकास साझेदारहरूको सहयोग प्रति आभार व्यक्त गर्र्दै अध्यक्ष ढकालले समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकार विसकास साझेदार र निजी क्षेत्रको सहकार्यमा जोड दिनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)