मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १५, २०८१
  • 173
    SHARES

काठमाडौं – बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. ली ले आज बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ।

 

इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८ (Yang Wang U8) , एफसीबी बाओ ५  (FCB Bao 5), डेन्जा जेड९जीटी  (Denza Z9GT), डेन्जा डी ९ (Denza D9), र बीवाईडी शार्क ६ ( BYD Shark 6)  सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन्।

इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित रहेको कम्पनीले जनाएको छ।

बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका प्रविधिहरु

इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन् ।

१. ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट

बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।

२. ई–प्लेटफर्म ३.० को प्रस्तुति

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट (Intelligent Energy Management) सहित उपलब्ध छ ।

 ३. डेन्जा जेड९जीटी कम्पास टर्न र एक्स्ट्रिम टर्न प्रदर्शन

सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न (Compass turn) फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ ।

४. एफसीबी बाओ ५ स्पिड बम्प र सस्पेन्सन टेस्ट

जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम  ( Intelligent Suspension System) यसले देखाएको छ ।

 ५. याङवाङ यु८ e4  प्लेटफर्म र डिसस–पी

यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न फिचर पाउन सकिन्छ, जुन e4 प्लेटफर्मबाट सञ्चालित हुन्छ। यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउछ।

त्यसैगरी डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी र एडेप्टिबिलिटी उपलब्ध गराउछ ।

मोबिलिटीको भविष्यमा अग्रगामी बन्दै

अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई बीवाईडी हाई–टेक विकले पुनःपुष्टी गर्ने एक प्लेटफर्मको रुपमा कार्य गर्नेछ। यसमा शोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बीवाईडीको नेतृत्वलाई जोड दिन्छन्।

इभेन्टको अवसरमा बोल्दै साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठले भने, ‘न्यु इनर्जी भेइकल टेक्नोलोजीमा भएका सबै सम्भावनाका सिमाहरुलाई बीवाईडीले लगातार रुपमा पार गरिरहेको छ। हाल सम्मकै एड्भान्स्ड अटोमोटिभ टेक्नोलोजीलाई नेपालमा उपलब्ध गराउने हाम्रो भिजनको एक झलक बीवाईडी हाई–टेक विक हो। यसले अझै सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्नेछ।’

ईभी ब्याट्री टेक्नोलोजी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र सुपेरियर भेइकल इन्जिनियरिङको क्षेत्रमा भएका पछिल्ला सफल प्रविधि सहितका विश्व–स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली ग्राहकमाझ ल्याउन साइमेक्स इंक प्रा. ली. सदैव प्रतिबद्ध छ।

फेब्रुअरी २७ बाट प्रारम्भ हुने बीवाईडी हाई–टेक विक आगामी मार्च २ सम्म चल्ने छ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुनेछन् ।

पहिलो चरण : ११ देखि १२.३० बजे सम्म

दोस्रो चरण : १.३० देखि ३.०० बजे सम्म

तेस्रो चरण : ४.०० बजे देखि ५.३० बजे सम्म

अवलोकनकर्ताहरुले आफूलाई उपयुक्त समय अनुसारको अनुकूलता मिलाएर इभेन्ट हेर्न सक्नेछन्।

बीवाईडी हाई–टेक विक २०२५ को टिकट ई-सेवामा उपलब्ध छ। विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)