सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बराह सहकारी रकम अपचलन प्रकरण

आठ जना आरोपी कारागार चलान


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २३, २०८१
  • 120
    SHARES

सुनसरी- जिल्ला अदालत सुनसरीले धरानस्थित मुख्य कार्यालय रहेको बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका ११ मध्ये ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले बिहीबार उक्त आदेश दिएको हो । १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन प्रकरणमा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दायर गरिएको छ ।

पक्राउ पर्नेहरूमा जतनमाया विश्वकर्मा, सरिता कालीकोटे विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल(सुनार), फूलकुमारी (फूलमाया राई), सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई र विक्रम गजमेर रहेका छन् ।

अदालतले जतनमाया विश्वकर्मा, सरिता कालीकोटे विक र विष्णुकुमारी तुलाधरलाई जनही ५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने बाँकी ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

२६२ जनाविरुद्ध ठगी मुद्दा, ३५ जनामाथि संगठित अपराधको अभियोग

सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले ऋण लिएर नतिर्ने ऋणीहरूलाई समेत प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर गरेको छ ।

सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम ३५ जनामाथि संगठित अपराधको मुद्दा दायर गरिएको हो । बाँकी २२२ जनाविरुद्ध सहकारी ऐन अन्तर्गत सजाय माग गरिएको छ ।

प्रहरीको अनुसन्धान अनुसार, ४,१६८ जना पीडितहरूले २८१ वटा जाहेरी दर्ता गराएका थिए । अनुसन्धान प्रतिवेदनमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन भई व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुप अफ कम्पनीअन्तर्गतका १४ कम्पनीहरूमा अवैध लगानी गरिएको खुलासा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)