सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव छैनः उद्योगमन्त्री भण्डारी


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २, २०८१
  • 183
    SHARES

काठमाडौँ –  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

आईतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न नीतिगत सुधारका काम अघि बढाएको बताउनु भयो । उहाँले मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवद्र्धन गर्न सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव नरहेको बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘अहिलेको वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न पहिलो कुरा नेपालको शासकीय प्रणालीभित्र जुन प्रक्रियागत जटिलताले जगडिएको छ । त्यसलाई अन्त्य गरेर मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवद्र्धन गर्न, आन्तरिक वा वाह्य लगानी प्रवद्र्धन गर्न हामी लागेका छौँ । आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकता हो । नेपालको शासकीय प्रणालीभित्रका जटिलताको समाधान गर्नेकुरा पहिलो प्राथमिकतामा राखेर नीतिगत सुधारको मार्ग प्रशस्त गरेका छौँ । नेपालको उद्यमशिलतामा थुप्रै आशालाग्दा महिला दिदिबहिनीहरुले प्रयत्न गरिरहनुभएको छ । उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव छैन । त्यसका लागि वर्तमान सरकारले थुप्रै नीतिगत सुधारका कार्यक्रम अघि बढाएको छ । ’

मन्त्री भण्डारीले नेपालमा सार्वजनिक कार्यालयमा स्वदेशी वस्तुको उपयोग बढाउने गरी सरकारले आफ्नो कार्यक्रमहरु अघि बढाएको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)