काठमाडौं – सोमबार शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१४ अंकले घटेर २ हजार ७ सय ४ दशमलव ७० विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय ३१ स्क्रिपको ५ अर्ब ४० करोड रुपैयाँ बराबरको ९९ लाख ३५ हजार कित्ता शेयर किनबेच भएको छ ।
सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४५ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयरं कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार राप्ती हाइड्रोपावरको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्तको शेयर मुल्य ८.०३ प्रतिशतले बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयर मुल्य ५.३३ प्रतिशतले बढेको छ ।
